फेकोफन २० को अध्यक्षमा रेशम

पाेखरा | फागुन १, २०८०

फेकोफन २० को अध्यक्षमा रेशम

पोखरा:    सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर वडा नं. २० को अध्यक्षमा  रेशम खत्री चयन हुनु भएको छ । वन समुहको भेलाले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।


भेलाले उपाध्यक्षमा लक्ष्मी परियार, सचिव पवित्रा परियार, मुक्तिनाथ अधिकारी र सदस्यमा काशिराम गुरुङ, तुलसी तिमिल्सिना, धनबहादुर गुरुङ रहनु भएको छ । 


पोखरा महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले भेलाको उद्घाटन गर्दै स्थानीय सरकार र वन समुह बिच सुमधुर सम्वन्ध कायम गर्दै प्राकृति स्रोतको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


वन महासंघ वडालाई व्यवस्थित र चलायमान बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले कार्यालय स्थापनाका लागि आवश्यक कोठाको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
 

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्यद्धय दिनेश श्रेष्ठ र जितवहादुर वस्नेतले प्राकृतिक स्रोतलाई जनताको जिविकोपार्जनसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो ।


फेकोफन पोखरा महानगरका अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव पार्वती सुवेदी, सदस्य विष्णु आचार्य लगायतले वनको महत्व माथि प्रकाश पार्दै स्वदेशी काठ उपयोग गर्नेखालको नीतिको खाँचो औल्याउनुभयो ।
 
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्